महाकुलुङ गाउँपालिका एकले आयोजना गरेको बुनाई तालिम सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८१ बैशाख ४

सोलुखुम्बु महाकुलुङ गाउँपालिका एकले आयोजना गरेको आधारभुत स्विटर बुनाई तालीम आज सम्पन्न भएको छ। वडा कार्यलयको आर्थिक वर्ष २०८०/८१ बाट बिनियोजित बजेट अन्तर्गत महिला लक्षित बुनाई तालीम संचालन गरिएको हो।
बिहान र दिउँसो गरि दुई समुहमा ४२ भन्दा बढि महिलाहरुले तालिम लिएका थिए। सुरुमा २५ जनाको कोटा भनिए पनि धेरैको आवेदन आएपछि सबैलाई समेटिएको गाउँपालिका उपाध्यक्ष विपना कुलुङले बताउनु भयो।
वडाको सिमित बजेटमा ४५ दिनको तालिम संचालन गर्ने भनिएपनी कोटा भन्दा बढि लाई समेट्नु परेपछि एक महिनामै समापन गरिएको एक नम्बर वडाका अध्यक्ष पर्खी नाछिरिङले जानकारी दिनुभयो।´ नाछिरिङले थप्नुभयो ´ आउदो आर्थिक वर्षमा अझ बढी प्रभावकारी बुनाई तालिम संचालन गर्नेछौ।
तालिम एक नम्बर वडा कार्यलयमा संचालन गरिएको थियो। सहभागीले छोटो समयमा धेरै सीप सिकेको प्रशिक्षक हिरा चन्दको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *