लिखु पिके Gen-Z समूहको बैठक बहिष्कार, लाइभ प्रसारण रोकिएको भन्दै कडा आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १६

काठमाडौं —  लिखु पिके गाउँपालिकाद्वारा मिति २०८२/०८/१२ गते बोलाइएको बैठकमा लिखु पिके Gen-Z समूहले सहभागिता जनाए पनि, बैठक प्रारम्भसँगै गरिएको लाइभ प्रसारण रोक्ने निर्देशन र आमन्त्रित बुद्धिजीवी तथा पीडित पक्षलाई बैठकस्थलमा प्रवेश निषेध गरिएको घटनालाई कारण बताउँदै समूहले बैठक बहिष्कार गरेको जनाएको छ।

Gen-Z समूहका प्रतिनिधिहरूका अनुसार उनीहरूले बैठकलाई लाइभ प्रसारण गर्ने निर्णयबारे गाउँपालिकालाई अग्रिम रूपमा आधिकारिक जानकारी गराइसकेका थिए। तर बैठक सुरु होताँै स्थानीय सिधा प्रेसका सञ्चालक बिष्णु खड्का लाई लाइभ बन्द गर्न बाध्य पारिएको र त्यसपछि छलफलमा बाहिरी हस्तक्षेप बढ्दै गएको समूहको आरोप छ।

समूहका अनुसार गाउँपालिकाले मागपत्र प्राप्त भएको र अध्ययन भइरहेको मात्रै जानकारी दिएको तर प्रस्तुत मुख्य मुद्दाहरूमा कुनै औपचारिक छलफल नै नभएको स्पष्टीकरण–विहीन अवस्था रह्यो। उल्टै, छलफलका विषयान्तर गर्दै जेएनजी समूहलाई शुभकामना पत्र दिएर बैठक टुंग्याइएको उनीहरूको आरोप छ।

यस्ता गतिविधिले असन्तुष्ट बनेको बताउँदै Gen-Z समूहले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ—
“हामी युवाहरूको आवाज दबाउने प्रयास भयो भने यो स्वीकार्य हुँदैन। गाउँपालिकाभित्र हुने दुरुपयोग, भ्रष्टाचार र सत्ता केन्द्रित मानसिकताको विरुद्ध आवाज उठाउने हाम्रो अधिकार कुनै पनि शक्तिले रोक्न सक्दैन।”

समूहले अर्को बैठक बोलाउँदा अनिवार्य रूपमा लाइभ प्रसारण सुनिश्चित गर्न, साथै गाउँपालिकाभित्रका बुद्धिजीवीहरू र पीडित पक्षहरूको उपस्थितिको व्यवस्था मिलाउन औपचारिक माग गरेको छ।

प्रेस विज्ञप्तिमा कुनै पनि राजनीतिक दलबाट दबाब वा प्रभावमा नपार्न समेत अपिल गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *