भकान्जेका चिया कृषकका लागि गुणस्तरीय पत्ति टिपाइ तथा ग्रेडिङ तालिम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

सोलुखुम्बुको भकान्जेमा चिया कृषकका लागि गुणस्तरीय पत्ति टिपाइ तथा ग्रेडिङ तालिम दिइएको छ । नेपाल सरकार अन्तर्गतको राष्ट्रिय चिया तथा कफी बोर्ड र थुलुङ दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा भकान्जेमा चिया कृषकलाई लक्षित गर्दै १ दिने “गुणस्तरीय हरियो पत्ति टिपाइ तथा ग्रेडिङ सम्बन्धी फिल्ड स्तरिय प्रयोगात्मक तालिम“ प्रदान गरिएकोे हो ।

तालिममा भकान्जे क्षेत्रमा चिया उत्पादन गर्दै आएका कृषकहरूले सहभागिता जनाएका थिए । सहभागी कृषकहरूले हरियो पत्ति टिप्ने अनुभव भए पनि सावधानी अपनाउने तरिका, उत्पादनमा ध्यान दिने विधि तथा गुणस्तर वृद्धि गर्नुपर्ने सीप तालिममार्फत सिकेको कृषकहरुले बताएका छन् । उनीहरूले सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै आगामी दिनमा अझ गुणस्तरीय चिया उत्पादन गर्ने तथा बजारमा उचित मूल्यमा बिक्री गरेर आम्दानी बढाउने प्रतिबद्धता व्यक्त समेत ब्यक्त गरेका छन् ।

भकान्जे टी स्टेटले समेत यस तालिमले कृषकहरूलाई थप ज्ञान सम्पन्न बनाएको भन्दै आगामी दिनमा भकान्जेमा उत्पादित चियाको गुणस्तर अझ बढ्ने विश्वास व्यक्त गरेको छ । अहिले नै चिया उत्पादनमा फड्को मारिसकेको भकान्जे टी स्टेटले गुणस्तरीय उत्पादनमार्फत निकट भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत भकान्जेको चिया प्रतिस्पर्धी बनाउन सकिने सम्भावना रहेको धारणा राखेको छ । भकान्जे चिया उत्पादनमा निरन्तर मेहनत गर्दै आएका कृषकहरूलाई व्यवहारिक सीपसहित प्राविधिक ज्ञान दिने उद्देश्यले आयोजना गरिएको यो तालिमले कृषकहरूलाई नयाँ उत्साह जगाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *