|
२०८२ जेष्ठ १६
सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिकामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई तीन दिने उद्घोषण तालिम दिइएको छ । एभरेष्ट सामुदायिक सिकाई केन्द्र थुलुङ दुधकोशी गाउँपालिका–५ को आयोजनामा उद्घोषण तालिम दिइएको हो ।
गाउँपालिकाको वडा नम्बर ४, ५ र ९ लाई कार्य क्षेत्र बनाइ काम गरिरहेको सिकाई केन्द्रले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरि तालिम प्रदान गरेको हो । उक्त तालिममा चार वटा माध्यमिक विद्यालयका ४२ जनाको सहभागीता रहेका थियो ।
दक्ष तथा कुशल उद्घोषक उत्पादन गर्ने उदेश्य सहित सञ्चालित तालिम प्रभावकारी भएको सहभागीको भनाई छ । तालिम लिनुपुर्व सामान्य बोल्न समेत नसक्ने भएपनि तालिम पश्चात खुलेर आफ्नो भनाई व्यक्त गर्न सक्ने भएको सहभागीले प्रतिक्रिया दिएका छन् । कार्यक्रमको समापन बिहीबार भएको थियो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्