आजको राशिफल

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ८, २०८३

मेष: नयाँ कामको अवसर मिल्नेछ। कानुनी काममा सफलता र व्यापारमा सावधानी आवश्यक।

वृष: काममा अवरोध आउन सक्छ। आत्मविश्वास बढाउनुहोस्, सहकर्मीको सहयोग मिल्नेछ।

मिथुन: आर्थिक अवस्था राम्रो रहनेछ। नयाँ काम र आम्दानीका अवसर मिल्नेछन्।

कर्कट: पारिवारिक भ्रमणको योग छ। व्यापारमा लाभ भए पनि शत्रुपक्षबाट सतर्क रहनुहोस्।

सिंह: मेहनतको राम्रो नतिजा मिल्नेछ। विद्यार्थीका लागि दिन अनुकूल छ।

कन्या: स्वास्थ्यमा ध्यान दिनुहोस्। काममा ढिलाइ र आर्थिक नोक्सानी हुन सक्छ।

तुला: बोली र व्यवहारले काम सफल हुनेछ। कला तथा संगीतमा प्रगति हुनेछ।

वृश्चिक: मानसम्मान बढ्नेछ। नयाँ जिम्मेवारीमा हतारमा निर्णय नगर्नुहोस्।

धनु: काममा दौडधुप बढ्नेछ। लगानी गर्नुअघि सल्लाह लिनुहोला।

मकर: व्यापार र आम्दानीमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्न सक्छ।

कुम्भ: रोकिएका काम अघि बढ्नेछन्। कानुनी विषयमा भने सतर्क रहनुहोला।

मीन: आर्थिक अवस्था सबल रहनेछ। अध्ययन र नयाँ काममा सफलता मिल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *