आजका राशिफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अवसर हात लागे पनि कार्यक्षेत्रमा अनपेक्षित अवरोध आइपर्न सक्छन्। व्यक्तिगत गोपनीयता भंग हुने सम्भावना भएकाले सतर्क रहन सुझाव दिइएको छ। गृहिणीहरूका लागि घरका कामले धेरै समय लिन सक्छ। शुभ रंग: निलो, शुभ अंक: ३

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लगातार प्रयास गर्नाले आर्थिक क्षेत्रमा सुधार आउने संभावना देखिन्छ। खर्च बढ्ने भए पनि स्वास्थ्य अवस्था अनुकूल रहनेछ। कामकाजका सिलसिलामा आफन्तबाट केही टाढिनुपर्ला। शुभ रंग: हरियो, शुभ अंक: ३

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्ययको उचित मूल्यांकन बिना कार्य गर्दा समस्या निम्तिन सक्छ। नयाँ अवसर खोज्न दौडधुप बढ्नेछ। पुरानो छालासम्बन्धी समस्या पुनः सताउन सक्छ। शुभ रंग: निलो, शुभ अंक: ४

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मान्यजन तथा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्यको मौका मिल्नेछ। लगनशीलता र मेहनतले यश तथा सम्मान दिलाउन सक्छ। सरकारी क्षेत्रतर्फको गतिविधि सकारात्मक रहने संकेत छ। शुभ रंग: कलेजी, शुभ अंक: २

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यवसायमा पारदर्शिता अत्यावश्यक हुनेछ। नयाँ अवसर खोज्न दौडधुप बढ्न सक्छ। आफन्ततर्फबाट अपेक्षित सहयोग प्राप्त हुने सम्भावना। शुभ रंग: निलो, शुभ अंक: ९

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मेहनतीहरूका लागि अनुकूल समय छ। महत्वकांक्षी योजना सुरु गर्ने अवसर भेटिन सक्छ। वित्तीय तथा सहकारी संस्थाबाट लाभ हुने अनुमान। ईर्ष्या गर्नेहरू निष्प्रभावी बन्नेछन्। शुभ रंग: निलो, शुभ अंक: ६

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शुभेच्छुकहरूको भावना बुझेर अघि बढ्दा राम्रो परिणाम आउनेछ। आत्मविश्वासबल बढ्नेछ। व्यापार तथा कामका कारण यात्रा सम्भावित। शुभ रंग: केशरी, शुभ अंक: १

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सेवामुखी कार्यले समाजमा पहिचान बढाउनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। कानुनी पक्षबाट शक्ति र साथ मिल्नेछ। शुभ रंग: सेतो, शुभ अंक: ४

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दैनिक आवश्यकताहरू सहजै पूरा हुनेछन्। मेहनतको उचित मूल्यांकन हुनेछ। व्यवसाय तथा श्रमको फलदायी परिणाम देखिन्छ। शुभ रंग: बैजनी, शुभ अंक: ५

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धार्मिक वा सामाजिक जिम्मेवारी बढ्न सक्छ। सहयोगभावले धेरैको मन जित्न सकिनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको बलियो साथ पाइनेछ। शुभ रंग: सेतो, शुभ अंक: ४

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

दीर्घकालीन योजनाहरू सुरु गर्न अनुकूल समय। प्रतिस्पर्धी सक्रिय देखिए पनि सावधानी आवश्यक छ। साझेदारी व्यवसायहरू लाभकारी बन्न सक्छन्। दाम्पत्य जीवन सौहार्दपूर्ण रहनेछ। शुभ रंग: पहेँलो, शुभ अंक: ६

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शैक्षिक क्षेत्रमा सफलताको मौका। करियरसम्बन्धी नयाँ ढोका खुल्नेछ। प्रेम वा मित्रताको सम्बन्ध मजबुत बन्ने संकेत। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। शुभ रंग: सिन्दुरी, शुभ अंक: ७

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *