मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको प्रारम्भमा पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । मेहनतले परिस्थितिलाई आफ्नो अनुकुल बनाउन सक्नुहुनेछ। साताको मध्यमा माताको स्वास्थलाई लिएर चिन्ता रहनेछ। पारिवारिक जिम्मेवारी निभाउन सञ्चित रकम खर्च गर्नुपर्ला। साताको अन्तिममा विद्यार्थीहरूलाई अध्ययनमा मन लाग्नेछ। नँया कुरा पाउन केहि वस्तु त्याग गर्नुपर्ला। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र कलेजी हो भने शुभ अंक १ र ७ रहेको छ।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको प्रारम्भमा आयमा वृद्धि हुनेछ। महत्वपूर्ण निर्णयहरू प्रारम्भ गर्न सकिनेछ तर कामलाई लिएर आफन्तहरूबाट टाडिनुपर्ला। साताको मध्यमा व्यापार व्यवसायमा छोटो समयमा राम्रो उपलब्धि हात पार्न सकिनेछ। कार्य प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह लिनुहोला। साताको अन्तिममा स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। रचनात्मक कार्यतिर मन जानेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक २ र ६ रहेको छ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा
साताको प्रारम्भमा आय आर्जनका नयाँ स्रोतहरू फेलापार्न सकिनेछ। तत्काल लाभ नभएतापनि पछिको लागि जग बसाउने समय रहेको छ। साताको मध्यमा बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। संगीत वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। साताको अन्तिममा शत्रु र प्रतिस्पर्धीहरूलाई पछि पार्न सक्नुहुनेछ। रोकिएका काम बन्नेछन्। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौँ। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक ३ र ७ रहेको छ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताको प्रारम्भमा व्यापार व्यवसायमा नयाँ लगानी लगाउन संचित रकम खर्च गर्नुपर्ला। रोजगारीको लागि संघर्ष गर्नुपर्ला। साताको मध्यमा प्रतिष्ठित कामले समाजमा नाम स्थापित गराउला। कानुनी पक्ष सबल रहनेछ। साताको अन्तिममा विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। कृषि वा ठेकापट्टाको कामबाट लाभ आर्जन गर्न सकिनेछ। सदैव भगवान शंकरलाई जल चढाए दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक ४ र ५ रहेको छ।
सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको प्रारम्भमा नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। आर्थिक पक्षको समस्याको समाधान हुनेछ। साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ। चलिरहेको काममा प्रशासनिक अवरोध आउला सावधान रहनुहोस्। साताको अन्तिममा कार्यक्षेत्रमा आफ्नो प्रतिभालाई प्रदर्शन गर्ने अवसर मिल्नेछ। पारिवारिक जमघटको बीच रमाइलो भोजनको आनन्द मिल्ला। सदैव गौ माताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र कलेजी हो भने शुभ अंक १ र ५ रहेको छ।
कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको प्रारम्भमा शत्रु वा प्रतिपक्षमाथि विजयी भइनेछ। नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग पाइनेछ। साताको मध्यमा मेहनत वा परिश्रमले मानसम्मान दिलाउनेछ। उठ्नुपर्ने रकम हात लागि हुनेछ। साताको अन्तिममा स्वास्थ्यलाई लिएर सजग रहनुहोला। अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यौ साताको शुभ रंग कलेजी र निलो हो भने शुभ अंक ५ र ७ रहेको छ।
तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साताको प्रारम्भमा प्रयत्न गर्दा नयाँ उपलब्धी हात लागि हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। साताको मध्यमा नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। व्यापार व्यवसायमा पहिला जस्तो लाभ उठाउन सकिनेछ। साताको अन्तिममा दाजुभाई मध्य आत्मीयता बढ्नेछ। पुरुषार्थद्वारा उपलब्धि हात पार्ने मौका रहेको छ। कुनै पनि शुभ कर्म गर्दा भैरव भगवानको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग गुलाबी र निलो हो भने शुभ अंक २ र ७ रहेको छ।
वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको प्रारम्भमा कार्यक्षेत्रमा अरुको भर परेर काम अधुरो नछोड्नुहोला। स्वास्थ्य कमजोर रहनेछ। साताको मध्यमा विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ। साताको अन्तिममा नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग पाइनेछ। चिताएको कार्यसम्पादन हुनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र पहेलो हो भने शुभ अंक ३ र ८ रहेको छ।
धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताको प्रारम्भमा दाम्पत्य जीवन सुमधुर रहनेछ। मेहनत वा लगनशीलताले शत्रुहरु हार खानेछन्। साताको मध्यमा अध्यात्ममा रुचि वा माननीय गुरुजनहरूको दर्शनको अवसर प्राप्त होला। आर्थिक पक्ष सामान्य रहनेछ। साताको अन्तिममा व्यापार विस्तारलाई लिएर योजनाहरू कोरिनेछन्। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। सदैव भगवान विष्णुको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र हरियो हो भने शुभ अंक ५ र ९ रहेको छ।
मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको प्रारम्भमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। सवारी सञ्चालनमा सावधान रहनुहोला। साताको मध्यमा व्यापार व्यवसायमा जीवन साथीबाट सहयोग प्राप्त हुनेछ। आफन्तहरूको सहयोग जुट्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन गर्न सकिएला। साताको अन्तिममा स्वास्थ्य सम्बन्धी पुरानो समस्याले सताउनेछ। परिस्थिति वा विषयवस्तुले आफन्तहरूबाट टाढिनुपर्ला। कुनै ठुलो कार्य गर्दा भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र निलो हो भने शुभ अंक १ र ८ रहेको छ।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताको प्रारम्भमा शैक्षिक योग्यतामा प्रगति हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ला। साताको अन्तिममा साझेदारी व्यापारमा लाभ रहनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। यो साताभरी कुकुरलाई रोटी दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र केशरी हो भने शुभ अंक ६ र ९ रहेको छ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको प्रारम्भमा लगनशीलताले लक्ष्य प्राप्ति गर्न सकिएला । कार्यक्षेत्रमा काम दोहोराएर गर्नुपर्ला। साताको मध्यमा विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। साताको अन्तिममा विपरीत परिस्थितिमा पनि धैर्यताको साथ काममा जुट्नुहोला सफलता मिल्नेछ । अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक ४ र ६ रहेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्