साप्ताहिक राशिफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १३

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नुका साथै स्वास्थ्य सम्बन्धी समस्यामा धन खर्च हुनेछ । साताको मध्यमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कार्यको शुभारम्भ गर्न सकिनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा सोचेभन्दा राम्रो सफलता हात लाग्ला। भाषण वा अभिव्यक्ति कलामा निखार आउनेछ। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक २ र ६ रहेको छ ।

वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

साताको प्रारम्भमा करियरलाई लिएर नयाँ अवसरहरू मिल्नेछन् । व्यक्तिगत चाहना पूरा गर्न सञ्चित धन खर्च गर्नुपर्ला । साताको मध्यमा अध्यात्म ज्ञानमा निखार आउनेछ । स्वास्थ्यलाई लिएर आहारविहारमा सजगता अपनाउनुहोस् । साताको मध्यमा प्रशासनिक वा राज्यपक्षबाट रोकिएका कार्यहरू सम्पादन हुनेछन् । व्यापार व्यवसायमा नयाँ अनुबन्धहरू मिल्नाले मन प्रसन्न रहनेछ। सदैव देवी भगवतीको स्मरण गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग सेतो र गुलाबी हो भने शुभ अंक ३ र ७ रहेको छ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा

नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ । अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन् । साताको मध्यमा परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । साताको अन्तिममा कार्यक्षेत्रमा धेरै भागदौड गर्नुपर्ला । लगनशीलताले मान सम्मान प्राप्त हुनेछ । सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग हरियो र सेतो हो भने शुभ अंक ४ र ६ रहेको छ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साताको प्रारम्भमा धर्मकर्ममा मन लाग्नेछ। रोकिएको काम बन्नाले अरु कामतर्फ अग्रसर भइनेछ । साताको मध्यमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । पिताको सहयोगले कठिन कार्यसम्पादन होला। साताको अन्तिममा व्यक्तिगत काममा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पढाइमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। सदैव भैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग सेतो र पहिेलो हो भने शुभ अंक ४ र ५ रहेको छ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर सचेत रहनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । मन अप्रसन्न रहनेछ । साताको मध्यमा प्रतिष्ठित कामले समाजमा मानसम्मान बढ्नेछ । शिक्षालाई लिएर विदेशतिरको मार्गमा सकारात्मक संकेत देखिएला। साताको अन्तिममा विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ । महत्वपूर्ण योजना गोप्य राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । सदैव भगवान सूर्यलाई अर्घ्य प्रदान गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक १ र ५ रहेको छ ।

कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ रहनेछ । स्वास्थ्य सबल रहनेछ । साताको मध्यमा आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । पहिलाका कमी कमजोरी बाहिरिनाले प्रतिष्ठामा समस्या पर्ला । श्रमको उचित मूल्यांकन नमिल्ला। साताको अन्तिममा आफ्नो व्यवहार वा कार्यकुशलताले अरुको मन जित्न सकिनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । सदैव दुर्गादेवीको दर्शन गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग कलेजी र खैरो हो भने शुभ अंक ३ र ७ रहेको छ।

तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

साताको प्रारम्भमा अस्वस्थ अवस्थामा पनि जिम्मेवारी वहन गर्नुपर्ला । दिएको ऋण फिर्ता लिने समय रहेको छ । साताको मध्यमा व्यापार व्यवसायमा जीवन साथीको सहयोग मिल्नेछ । काममा विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नेछ । साताको अन्तिममा शत्रुहरू सक्रिय रहनेछन् । आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ७ र ९ रहेको छ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

साताको प्रारम्भमा शैक्षिक क्षेत्र फराकिलो हुनाले निर्णय लिने क्षमतामा विकास हुनेछ । मनमा परोपकारको भावना जागृत होला । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। साताको अन्तिममा जीवनसाथीबाट उपहार पाइएला । टाढिएका आफन्तहरू नजिकिनेछन्। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग रातो र निलो हो भने शुभ अंक १ र ५ रहेको छ।

धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

साताको प्रारम्भमा व्यावहारिक पक्ष निभाउन संचित रकम खर्च गर्नुपर्ला । फजुल खर्चदेखि जोगिनुहोस् । साताको मध्यमा शिक्षाको सन्दर्भमा गुरुजनहरूको साथ पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। साताको अन्तिममा राज्य पक्ष वा प्रशासनद्वारा दण्ड वा जुर्माना लाग्ला सावधान रहनुहोस् । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस् । सदैव गौमाताको दर्शन गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग हरियो र केशरी हो भने शुभ अंक ३ र ४ रहेको छ ।

मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

साताको प्रारम्भमा साहसिक कार्य गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । साताको मध्यमा कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ । साताको अन्तिममा अप्ठ्यारा चुनौतीहरूको भित्र पनि नयाँ अवसर खोजिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग केशरी र सुन्तला हो भने शुभ अंक ४ र ९ रहेको छ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा

साताको प्रारम्भमा सञ्चित रकममा वृद्धि हुनेछ। छरछिमेकीसँग राम्रो सम्बन्ध स्थापित गर्न सकिनेछ । साताको मध्यमा आफन्तहरूको सहयोग मिल्नाले मनोबल उच्च रहनेछ । कानुनी मुद्दा मामलामा विजयी भइनेछ । साताको अन्तिममा पुरानो स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । राजनीतिक क्षेत्रमा नयाँ पदीय जिम्मेवारी प्राप्त होला । सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र खैरो हो भने शुभ अंक ३ र ८ रहेको छ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

साताको प्रारम्भमा धैर्य वा पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ । अरुको विश्वास जित्न नसकेपनि दिगो लाभ हुने कार्य हात लागि हुनेछ । साताको मध्यमा कृषि वा घरेलु कामकाजमा धेरै व्यस्त भइनेछ। बोलिको माध्यमले कठिन कार्य पनि सिद्ध गर्न सकिनेछ । साताको अन्तिममा आफूभन्दा सानाप्रति आत्मीय भाव जाग्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक ६ र ८ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *