मंसिर २६ गते सम्म साप्ताहिक राशिफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साताको प्रारम्भमा विश्वास पात्रहरूबाट सहयोग पाइनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ । साताको मध्यमा इच्छाशक्ति बढ्नुका साथै कीर्तिमान कार्य गर्ने समय रहेको छ। स्वास्थ्यमा ध्यान दिनुहोला। साताको अन्तिममा प्रेम र मित्रताको बन्धन कसिनेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग निलो र सेतो हो भने शुभ अंक २ र ६ रहेको छ।

वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

साताको प्रारम्भमा आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। साहित्य र कलाको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। साताको मध्यमा कार्यक्षेत्रमा सहयोग दिनेवाला प्रशस्त भेटिनेछन् । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको अन्तिममा आफन्तहरूको साथ मिल्नाले नँया कार्यप्रति उत्साह जाग्नेछ। खर्चिलो समय रहनाले धन जोगाउने प्रयास गर्नुहोला । सदैव देवीको दर्शन गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक २ र ५ रहेको छ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा

साताको प्रारम्भमा सामाजिक कार्यले धेरैको मन लोभ्याउन सकिनेछ। व्यापार व्यवसायमा अड्केको रकम उठाउने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ । भाषण वा अभिव्यक्ति कलामा निखार आउनेछ। साताको अन्तिममा आफूभन्दा सानाप्रति आत्मीय भाव जाग्नेछ । परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। सदैव गौ माताको सेवा गरेर दिनको प्रारम्भ गरौ। यो साताको शुभ रंग हरियो र गुलाबी हो भने शुभ अंक ३ र ७ रहेको छ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साताको प्रारम्भमा नोकरी वा पेशामा झुटो आरोप वहन गर्नुपर्ला। अध्यात्मतर्फ झुकाव बढ्नेछ। साताको मध्यमा सेवामुलक कामबाट लाभ मिल्नेछ। आफन्तहरू मध्य चलिरहेको वादविवाद सुल्झिनेछ । साताको अन्त्यमा बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सदैव भगवान शंकरको दर्शन गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग सेतो र बैजनी हो भने शुभ अंक ४ र ८ रहेको छ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साताको प्रारम्भमा व्यापार व्यवसायमा छोटो समयमा राम्रो लाभ उठाउन सकिनेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला । साताको अन्तिममा कठिन काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र खैरो हो भने शुभ अंक ५ र ७ रहेको छ ।

कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

साताको प्रारम्भमा कामको चापबाट मुक्ति मिल्नेछ । पिताको सहयोगले अड्किएको काम बन्नेछ। साताको मध्यमा नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि प्रशस्तै भेटिनेछन् । व्यापार व्यवसायमा लगानी बढाउने अवसर प्राप्त हुनेछ । साताको अन्त्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला। शत्रुहरू सक्रिय रहनेछन्। भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग हरियो र केशरी हो भने शुभ अंक ६ र ९ रहेको छ ।

तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

साताको प्रारम्भमा शैक्षिक क्षेत्र फराकिलो हुनाले बौद्धिक क्षेत्रमा विकास हुनेछ । आवश्यक पर्दा सहयोगीहरू प्रशस्तै भेटिनेछन्। साताको मध्यमा नोकरी वा पेशामा अधिकारीबाट सहयोग पाइनेछ । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्त्यमा आकस्मिक खर्चले धनसंग्रहमा बाधा पुग्नेछ । तारिफ योग्य कार्य गर्दै पदीय जिम्मेदारी प्राप्त गर्न सकिनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग गुलाबी र पहेलो हो भने शुभ अंक २ र ६ रहेको छ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

साताको प्रारम्भमा अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला । अरू माथि आँखा बन्द गरेर विश्वास गर्दा धोखा पाइनेछ । साताको मध्यमा धार्मिक कर्ममा मन जानेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू प्राप्त हुनेछन्। साताको अन्तिममा कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन पाइनेछ। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग रातो र निलो हो भने शुभ अंक १ र ३ रहेको छ।

धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

साताको प्रारम्भममा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। साताको मध्यमा स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। साताको अन्त्यमा उच्चपदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । सांस्कृतिक अथवा सामाजिक कार्यमा सहभागी भइएला । सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ शुभ रंग पहेलो र सेतो हो भने शुभ अंक १ र ६ रहेको छ।

मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा जिम्मेवारी बढ्नेछ। आलस्य गर्नेबाट बच्नुहोस्। साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ। सामाजिक हितमा केही राम्रो कार्य गर्न सकिनेछ। साताको अन्तिममा अवस्था नबुझी आफ्नो कुरा नराख्नुहोस्। आर्थिक पक्ष कमजोर रहनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौ। यो साताको शुभ रंग खैरो र निलो हो भने शुभ अंक २ र ३ रहेको छ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा

साताको प्रारम्भमा विद्यार्थीहरूको अध्ययन र अध्यापनमा मन लाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। साताको मध्यमा श्रमको उचित मूल्यांकन नमिल्ला। अवसरवादीहरूले खुट्टा तान्नेछन् । साताको अन्त्यमा कार्यलाई टाल्नु भन्दा कार्यसम्पादन गर्नमा विश्वास राखौं। व्यापार व्यवसायमा जीवनसाथीको भरपूर सहयोग मिल्नेछ। सदैव भगवान विष्णुको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र कलेजी हो भने शुभ अंक २ र ८ रहेको छ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

साताको प्रारम्भमा पारिवारिक सम्बन्धमा असमझदारी बढ्नेछ । आर्थिक क्षेत्र कमजोर रहन सक्छ। साताको मध्यमा शुभ चिन्तकहरूको साथ र सहयोग पाइनेछ । अप्ठ्यारा परिस्थितिले आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । साताको अन्तिममा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । कारोबार विस्तारको लागि नयाँ आवेदनहरू मिल्नेछन् । सदैव भगवान सूर्यलाई अर्घ्य दीएर दिनको प्रारम्भ गरौं । यो साताको शुभ रंग निलो र पहेलो हो भने शुभ अंक ७ र ९ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *