तपाईंको आजको राशिफल : आज मिति २०८२ साल भाद्र २४ गते मंगलवार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना काममा अल्झिनुपर्ला। समाज वा समुदायको हितमा कार्य गर्न सकिनेछ। नजिकका आफन्तहरू टाढिनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। अरुको मन जितेर लोकप्रियता हासिल गर्न सक्नुहुनेछ। कीर्तिमान कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्तान र आफन्तहरुबाट भनेजस्तो सहयोग नमिल्ला। दिगो फाइदा हुने कार्य सम्पादन हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। अवसरको लाभ उठाउन नसकिएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। शत्रुहरू सक्रिय रहनेछन्। श्रमको उचित मूल्यांकन मिल्नेछ। परिस्थितिवस कार्यक्षेत्रमा पछाडि परिएला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूको सल्लाहले कार्यक्षेत्रमा राम्रो निर्णय लिन सक्नुहुनेछ। मिठो बोलिको माध्यमले धेरै कार्यहरू सम्पादन हुनेछन्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मान प्रतिष्ठा बढ्नेछ। सेवामूलक कामबाट प्रसिद्धि प्राप्त हुनेछ। सरल व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। दिन ऊर्जावान रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उत्तरदायित्व वहन गर्दै राम्रो लाभ उठाउन सकिनेछ। अरुको काममा जुट्नु परे पनि फाइदा आफैंलाई हुनेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मेहनतीहरूका लागि समय निकै उत्साहवर्धक रहनेछ। महत्त्वाकांक्षी कार्यको शुभारम्भ गर्ने समय रहेको छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ। ईष्यालु मन भएकाले कार्यक्षेत्रमा अवरोध उत्पन्न गर्नेछन्। अरूको फाइदाको लागि उपयोग भइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तानको प्रगतिले मन हर्षित रहनेछ। प्रेम सम्बन्ध वा दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको सल्लाहलाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धेर्य र पराक्रमले कार्यक्षेत्रमा सफलता मिल्नेछ। पुराना योजनाहरू पूरा गर्न सकिनेछ। आत्मविश्वासमा वृद्धी हुनेछ। नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आत्मचिन्तन र आत्ममन्थन गर्ने समय रहेको छ। नयाँ कार्य प्रारम्भ गर्नु भन्दा पनि पुराना कार्यलाई नै निरन्तरता दिनुहोस् सफलता मिल्नेछ। नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *