‘विकासका नाममा कुनै पनि पहिचान नष्ट गरिनुहुँदैन’-बैरागी काइँला

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ६

काठमाडौँ – खुवालुङबारे विभिन्न व्यक्तिहरुले आ-आफ्नै अभिव्यक्ति दिदै आएका छन्। यसलाई नस्ट गर्नु हुदैन ,यो हाम्रो परम्परा तथा सस्कृति हो भन्ने भनाइ किरात समुदायले राख्दै आएका छन्।

खुवालुङबारे नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलासँग जिज्ञासा राख्यौं । ८१ वर्षीय काइँलाले इतिहास र आस्था बोकेका कुरा संरक्षण गर्नु राज्यको जिम्मेवारी भएको बताए । तर, राज्य आफैंले कुनै जाति, समुदाय वा क्षेत्रको संस्कृतिमाथि प्रहार गर्छ भने त्यसले विकासको अर्थ नदिने उनको धारणा छ ।

काइँला भन्छन्, विकासका नाममा कुनै पनि पहिचान नष्ट गरिनुहुँदैन । बहुजातीय र बहुसांस्कृतिक नेपाली समाजमा सबैको संस्कृति र इतिहासको मर्यादा राखेर विकास निर्माण गरिनुपर्दछ । पहिचानविहीन विकासले राष्ट्रियता बलियो बनाउँदैन ।केही वर्षअघि मध्यपहाडी राजमार्ग बनाउने क्रममा पनि लिम्बू इतिहास र संस्कृतिसँग जोडिने यस्ता प्रतीकात्मक ढुंगा विकासका नाममा नष्ट गरिएको भनेर व्यापक विरोध भएको थियोे ।

काइँला थप्छन्, ‘सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका खुवालुङ जस्ता प्रतीकात्मक वस्तुहरूको संरक्षण गर्ने जिम्मेवारी राज्यकै हो ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *