|
२०८३ असार ३
काठमाडौँ, असार ३ — विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यस वर्ष ‘चरन क्षेत्र: पहिचान, सम्मान र पुनःस्थापना’ भन्ने नारालाई केन्द्रमा राखेर चेतनामूलक गतिविधि सञ्चालन गरिएको छ।
दिवसको अवसरमा चरन क्षेत्रको संरक्षण, दिगो उपयोग तथा क्षयीकरण भएका भूभागको पुनःस्थापनामा जोड दिइएको छ। विज्ञहरूले खाद्य सुरक्षा, जैविक विविधता संरक्षण र जलवायु अनुकूलनका लागि चरन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघले विश्वभर घट्दै गएको चरन क्षेत्रको संरक्षणका लागि सरकार, समुदाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको औँल्याएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्