काठमाडौं । उत्तरी होन्डुरसको अशान्त बाजो अगुआन क्षेत्रमा रहेको पाम बगानमा भएको भीषण सामूहिक हत्यामा कम्तीमा १९ जनाको मृत्यु भएपछि देश फेरि सङ्गठित अपराध र गिरोह हिंसाको चपेटामा परेको छ ।
प्रतिद्वन्द्वी सशस्त्र समूहबिच पाम बगान र लागुऔषध तस्करी मार्गको नियन्त्रणलाई लिएर चर्किएको द्वन्द्वबिच भएको यो नरसंहारले होन्डुरसको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
अधिकारीहरूका अनुसार हत्या बुधबार राति रिगोर्स क्षेत्रमा भएको थियो । उक्त क्षेत्र लामो समयदेखि लागुऔषध तस्कर समूह, सशस्त्र गिरोह र भूमि नियन्त्रणको हिंसात्मक सङ्घर्षका कारण तनावग्रस्त मानिन्छ । स्थानीय बासिन्दाहरूले रातभरि निरन्तर गोलीबारीको आवाज सुनेको बताएका छन् ।
होन्डुरसको राष्ट्रिय विधायिकाले देशमा बढ्दो आपराधिक हिंसा नियन्त्रण गर्न कडा सुरक्षा सुधारहरू पारित गरेलगत्तै यो घटना सार्वजनिक भएको हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्