अमेरिकाको टेनेसीमा आएको बाढीले १० जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ६

एजेन्सी । अमेरिकाको टेनेसी राज्यमा शनिबार राति एक्कासी आएको बाढीले कम्तीमा १० जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्। मृतकमा २ जना शिशु पनि रहेको हम्फ्रीज काउन्टीका सेरिफ क्रिस डेभिसले अमेरिकी सञ्चारमाध्यम सिएनएनसँग बताएका छन्।

बाढीले  ७२ माइलसम्म क्षति गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बाढीले सडक र बिजुली अवरुद्ध भएको छ। टेनेसी आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार राज्यभरि कम्तीमा ४ हजार २ सय व्यक्ति अँध्यारोमा बस्नुपरेको छ। टेनेसीका हिकम्यान, ह्युस्टन र हम्फ्रीज काउन्टीमा पूर्णतया र  डिक्सन काउन्टीको केही ठाउँमा विद्युत अवरुद्ध भएको पनि एजेन्सीले जनाएको छ।

 ‘बाढी आएको सडकमा यात्रा नगर्न अनुरोध छ’, एजेन्सीले स्थानीयसँग आग्रह गर्दे भनेको छ। एजेन्सीले आफ्ना अधिकांश कर्मचारी बाढीका कारण कार्यालय आउन असमर्थ भएकाले विद्युत सेवा फेरि प्रदान गर्न समय लाग्न सक्ने बताएको छ।

टेनेसीको मध्य भूभागमा शनिबार राति कम्तीमा पनि १५ इन्च भीषण वर्षा भएको न्याशविलेस्थित राष्ट्रिय मौसम केन्द्रले जनाएको छ। वर्षाको यो परिमाणले यसअघिका २४ घण्टामा भएको सर्वाधिक वर्षाका सबै कीर्तिमान उछिनेको पनि केन्द्रले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *