चीनका दक्षिण र मध्य भागमा बाढी जाँदा कम्तीमा १० जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ५

काठमाण्डौँ । चीनको दक्षिणी र मध्य भागमा परेको भीषण वर्षा र त्यसले निम्त्याएको बाढी तथा पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ ।

चीनको मौसम विभागले मङ्गलबारसम्म भारी वर्षा र आँधीबेहरीको लागि “ओरेन्ज अलर्ट” कायम राखेको छ । विभागका अनुसार वर्षा प्रणाली अहिले आफ्नो सबैभन्दा शक्तिशाली र विनाशकारी चरणमा पुगेको छ, जसले हजार किलोमिटरभन्दा बढी क्षेत्रमा असर पारेको छ ।

बाढीको चपेटामा विशेषगरी हुबेई, हुनान, गुवाङ्सी, चोङकिन, गुइचाउ परेका छन् । चीनको राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले यी क्षेत्रहरूमा आपतकालीन प्रतिक्रिया स्तर चौथों लागू गरेको छ, जुन बाढी आपतकालीन अवस्थाको प्रारम्भिक राष्ट्रिय स्तर हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *