काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानबीच इरान युद्ध र मध्यपूर्वको पछिल्लो अवस्थालाई लिएर टेलिफोन वार्ता भएको छ।
रुसको राष्ट्रपतिको कार्यालय क्रेमलिनका अनुसार, दुवै नेताहरूले शान्ति स्थापनाका लागि राजनीतिक र कूटनीतिक कुराकानी जारी राख्नु अत्यन्त महत्त्वपूर्ण रहेको कुरामा जोड दिएका छन्।
एमिरेट्स न्युज एजेन्सीका अनुसार शनिबार भएको फोन वार्तामा मध्यपूर्वको पछिल्लो घटनाक्रम र यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पार्ने प्रभावबारे छलफल भएको थियो । उनीहरूबीच जलमार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा र विश्वव्यापी अर्थतन्त्रमा यस सङ्कटले पार्ने असरका विषयमा पनि विचार आदानप्रदान भएको थियो ।
साथै, दुई देशबीचको रणनीतिक साझेदारीलाई थप बलियो बनाउन द्विपक्षीय सहयोग र संयुक्त प्रयासहरूको पनि समीक्षा गरिएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्