काठमाण्डौँ । इरानले दक्षिण–पश्चिममा अवस्थित परमाणु ऊर्जा संयन्त्रमा एक प्रोजेक्टाइल (हतियाररक्षेप्यास्त्र) खसेको सूचना अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) लाई दिएको छ ।
परमाणु प्रविधिको रेखदेख गर्ने संयुक्त राष्ट्र संघको संस्था आईएईएले एक बयानमा इरानले मंगलबार बेलुकी बुशेहरमा रहेको परमाणु ऊर्जा संयन्त्रमा भएको उक्त घटना भएकोबारेमा जानकारी दिएको उल्लेख गरेको छ ।
तर संयन्त्रमा कुनै पनि प्रकारको क्षति र कर्मचारी घाइते भएको जानकारी प्राप्त भएको छैन ।
आईएईएका महानिर्देशक रफाएल ग्रोसीले संघर्षका दौरान बढीभन्दा बढी संयमता अपनाएर परमाणु दुर्घटनाको जोखिम घटाउन फेरि अपील गरेका छन् । उनले कुनै पनि प्रकारको परमाणु दुर्घटनाले गम्भीर मानवीय क्षति तथा वातावरणीय संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
यस्तै, इरानको बुशेहर परमाणु ऊर्जा केन्द्र इरानको एकमात्र सञ्चालनमा रहेको रिएक्टर हो, जसलाई सन् २०११ मा पहिलोपटक राष्ट्रिय विद्युत् सञ्जालमा जोडिएको थियो ।
परमाणु हतियार विकास गर्न लागेको भन्दै अमेरिकाले सन् २०१८ देखि इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्