काठमाण्डौँ । अमेरिका, इजरायल र इरानबिच चलिरहेको युद्धको आज पाँचौँ दिन श्रीलंकाली तट नजिक एक इरानी युद्धपोतमा पनडुब्बीमार्फत हमला भएको छ ।
श्रीलंकाली नौसेनाका अनुसार जहाजबाट केही शवहरू फेला परेका छन् ।
यो हमलामा ३२ जना घाइते भएका छन् भने धेरै व्यक्ति बेपत्ता रहेको बताइएको छ । घटनापश्चात् समुद्रमा खोजी तथा उद्धार कार्य सञ्चालन भइरहेको छ। नौसेनाका प्रवक्ताका अनुसार घाइतेहरूलाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ ।
सुरुमा नौसेनाले हमलापछि १०१ जना बेपत्ता र ७८ जना घाइते भएको जनाएको थियो । तर पछि प्रवक्ताले पहिले जारी गरिएका ती तथ्याङ्कहरू सही नभएको स्पष्ट पारेका छन् ।
अर्कोतर्फ इरानले पूर्व सर्वोच्च नेता अली खामेनीका छोरा मुज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरिसकेको दाबी गरेको छ । यद्यपि, यसको आधिकारिक पुष्टि खामेनीको अन्त्येष्टिपछि मात्र हुनेछ ।
यता, इजरायलका रक्षामन्त्री इजरायल काट्जले अली खामेनीपछि इरानमा जोसुकै नयाँ नेता बने पनि उसलाई समाप्त पारिने चेतावनी दिएका छन् । काट्जले नाम वा स्थानले कुनै फरक नपर्ने, इजरायलले उसलाई खोजेरै पत्ता लगाउने बताएका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्