उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः किम जोङ उन सर्वसम्मत चयन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौँ । उत्तर कोरियाको सत्तारूढ ‘वर्कर्स पार्टी अफ कोरिया’ले पुनः किम जोङ उनलाई महासचिवमा सर्वसम्मत चयन गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले आइतबार पार्टीको महासभाबाट किम जोङ उन पुनः महासचिव बनेको जानकारी दिएको हो ।

किम परिवारले सन् १९४० को दशकको अन्त्यदेखि उत्तर कोरियामा शासन गर्दै आएको सन्दर्भमा यो निर्णयलाई धेरैले अपेक्षित मानेका छन् ।

किम जोङ उन पार्टीको शीर्ष नेतृत्वमै कायम रहे पनि महासभाको कार्यकारी समितिमा भने व्यापक फेरबदल गरिएको बीबीसीले जनाएको छ । सन् २०२१ को अघिल्लो बैठकपछि ३९ सदस्यीय समितिका आधाभन्दा बढी सदस्य परिवर्तन गरिएको राज्य सञ्चारमाध्यमले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *