|
२०८२ आश्विन १९
१९ असोज, काठमाडौं — लगातारको अविरल वर्षाका कारण हिजोदेखि बन्द भएका आन्तरिक हवाई उडानहरू आज बिहानबाट पुनः सञ्चालनमा आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम अनुकूल भएका गन्तव्यहरूमा उडान सुरु गरिएको हो।
आज बिहान काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरतर्फ सफल उडान भइसकेको जानकारी दिइएको छ। पोखरा र सुर्खेतको मौसम पनि उडानका लागि अनुकूल रहेकोले ती गन्तव्यहरूमा समेत उडान सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
यसबीच, अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकादेखि नै नियमित रूपमा सञ्चालनमा छन्।
यद्यपि, काठमाडौं उपत्यकाको मौसम सामान्य भए पनि उपत्यका बाहिरका सडकहरू पूर्णरूपमा सुधार नआएकाले लामो दूरीका सवारी साधनहरू अझै सञ्चालनमा आउन सकेका छैनन्। त्यसैले यातायात व्यवसायीहरूलाई तत्कालका लागि टिकट बुकिङ नगर्न भनिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्