भारतविरोधी भावना बंगलादेशमा चुलिँदो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

काठमाण्डौँ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले शेख हसिनाको पतनपछि केही दिनमै बंगलादेशको सत्ता सम्हाले । हसिना हाल दिल्लीमा निर्वासनमा छिन् ।

देशको सबैभन्दा पुरानो पार्टी आवामी लीग, जसले लोकप्रिय मतको करिब ३० प्रतिशत प्राप्त गरेको थियो – यसपालि निर्वाचनमा भाग लिनबाट प्रतिबन्धित छ । यही फेब्रुअरी १२ मा बंगलादेशमा आमनिर्वाचन हुँदै छ ।

यति बेला देशका क्याम्पसका भित्ताहरूमा फेरि विभिन्न नारा कोरिएका छन् । ती नारा केवल घरेलु प्रजातन्त्रबारे मात्र छैनन्, सीमापारतर्फ पनि इंगित छन् ।

बंगलादेशको प्रजातान्त्रिक क्षयमा दिल्लीले सघाएको भन्ने धारणा नै भारतविरोधी भावना वृद्धि हुनुको मुख्य कारण हो । परिणामतः एक समय छिमेकी कूटनीतिको आदर्श मानिने भारत–बंगलादेश सम्बन्ध दशकौँपछि सबैभन्दा निम्न विन्दुमा पुगेको छ ।

धेरैले दिल्लीले हसिनाका अन्तिम वर्षहरूमा बढ्दो अधिनायकवादलाई समर्थन गरेको आरोप लगाउँछन् । र, भारतलाई अति हस्तक्षेपकारी छिमेकी ठान्छन् । उनीहरूले २०१४, २०१८ र २०२४ का विवादास्पद आमनिर्वाचनलाई दिल्लीको ‘समर्थन’ सम्झन्छन् ।

दिल्लीले एक बंगलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्रतिबन्ध लगाएको र ट्वान्टी–२० विश्वकपका बंगलादेशका खेलहरू भारतबाट श्रीलंकामा सार्न अस्वीकार गर्ने निर्णयले सीमापार आक्रोश झन् बढाएको छ ।

दिल्लीले वास्तवमा आफ्नो पहुँच फराकिलो बनाउन थालेको छ । गएको महिना विदेशमन्त्री एस। जयशंकर ढाकामा पुगेर पूर्वप्रधानमन्त्री एवं बीएनपीकी नेता खालेदा जियाको अन्त्येष्टिमा सहभागी भए । र, पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग भेट गरे ।

भारतीय सामान बहिष्कारको आह्वान, आईपीएल प्रसारण निलम्बनजस्ता आक्रोश चुलिँदो छ ।

तर, ढाकाका अधिकारीहरू सम्बन्धलाई केवल संकटको लेन्सबाट हेर्न नहुने सुझाव दिन्छन् । युनुसका प्रेस सचिव शफिकुल आलम भारतसँगको सम्बन्धलाई ‘बहुआयामिक’ बताउँछन् । ४,०९६ किमि सीमामा दैनिक आवतजावत र व्यापार प्रवाह उल्लेख गर्दै उनी भन्छन्, “हामीले ५४ नदी बाँडेका छौँ।।। हामीले भाषा बाँडेका छौँ, इतिहास बाँडेका छौँ ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *