भारतको बजेटमा औद्योगिक विकासमा जोड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १८

काठमाण्डौं । भारतले औद्योगिक विकासमा ठूलो लगानी गर्ने भएको छ ।

आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२६/२७ का लागि बजेट पेस गर्दै सरकारले औद्योगिक विकासलाई प्राथमिकता दिएको बताएकी हुन् ।

उनले गत वर्ष अगस्ट १५ पछि ३५० भन्दा बढी आर्थिक सुधार गरिएको समेत जानकारी दिइन् ।

अर्थमन्त्री सीतारमणले आर्थिक वर्ष ०२६/२७ का लागि आगामी ५ वर्षमा बायोफर्मामा १० हजार करोड रुपैयाँ लगानी गरिनेछ ।

त्यस्तै रेयर अर्थ अर्थात् पृथ्वीमा रहेका दुर्लभ खनिजका लागि पनि सरकारले विशेष लगानी गर्ने भएको छ । ‌ओडिशा, केरल, आन्ध्र प्रदेश र तमिलनाडुलाई समेटेर रेयर अर्थ म्याग्नेट करिडोर बनाइने छ । इलेक्ट्रोनिक्स कम्पोनेन्ट्स म्यानुफ्याक्चरिङका लागि ४० हजार करोड रुपैयाँको प्रस्ताव गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *