केनेडीद्वारा ट्रम्पलाई समर्थन गर्ने घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ८

एरिजोना । अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले अब डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । योसँगै केनेडी जुनियरले आफ्नो उम्मेदवारी पनि फिर्ता लिएका हुन् । 

एरिजोनामा आयोजित र्‍यालीमा उनले डोनाल्ड ट्रम्पसँग स्टेज पनि सेयर गरेका थिए । केनेडी जूनियर पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका वंशज हुन्। ७० वर्षीय केनेडी यसअघि डेमोक्रेटिक पार्टीका सदस्य थिए तर सिद्धान्तको द्वन्द्वका कारण उनले पार्टी छाड्ने निर्णय गरेका थिए । 

र्‍यालीको मञ्चमा स्वागत गर्दै डोनाल्ड ट्रम्पले केनेडीलाई अभूतपूर्व र प्रतिभाशाली नेताको रूपमा पनि वर्णन गरे।  शुक्रबार कमला ह्यारिसले शिकागोमा डेमोक्र्याटिक पार्टीको अधिवेशन कार्यक्रममा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गरेकी थिइन्। उनले अमेरिकीहरूलाई ट्रम्पलाई समर्थन नगर्न पनि आग्रह गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *