काठमाण्डौँ । अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासी व्यवस्थापन गर्ने निकाय यूएस इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईस) का एक अधिकारीले प्रहार गरेको गोली लागी एक महिलाको मृत्यु भएको छ ।
दक्षिण मिनियापोलिसमा जाँच अभियानका क्रममा एक ३७ वर्षीया महिलालाई गोली प्रहार भएको हो । गोली लागेर ती महिलाको मृत्यु भएको छ । यस घटनाले ट्रम्पका संघीय अधिकारी र स्थानीय अधिकारीहरूबीच ठूलो विवाद निम्त्याएको छ ।
राष्ट्रपति ट्रम्प र सरकारी अधिकारीहरूले भनेअनुसार ती महिलाले अधिकारीहरूमाथि नै गाडी चढाउने प्रयास गरेकी थिइन् । त्यसैले आत्मरक्षाका लागि गोली चलाउनु परेको अधिकारीहरुको भनाइ छ ।
यद्यपि, स्थानीय नेताहरूले भिडियो फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा यो दाबीलाई खारेज गर्दै स्वतन्त्र छानबिनको माग गरेका छन्।
गोली प्रहार बुधबार, ७ जनवरीको बिहान करिब साढे ९ बजे ईस्ट ३४औँ स्ट्रिट र पोर्टल्यान्ड एभिन्यु नजिकै भएको थियो। मृत महिला रेनी निकोल गुड रहेको खुलेको छ । मिनियापोलिस प्रहरीका अनुसार उनको टाउकोमा गोली लागेको थियो र अस्पताल पुर्याउनासाथ उनलाई मृत घोषित गरियो ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्