|
२०८२ मंसिर २२
काठमाण्डौँ । इजरायली सेनाले सोमबार कब्जा गरिएको वेस्ट ब्याङ्क बाट ६ जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए ) ले आक्रमणकारी सेनाले सहरमा आक्रमण गरी छापा मारेपछि नब्लसमा दुई प्यालेस्टिनीलाई पक्राउ गरेको रिपोर्ट गरेको छ ।
वादी अल–हरियामा रहेको घरमा छापा मारेर उनीहरूले अर्का एकजना प्यालेस्टिनीलाई पनि पक्राउ गरेको जनाइएको छ । कब्जा गर्ने सेनाहरूले हेब्रोनको उत्तरी प्रवेशद्वारहरूमा र बेत उमर, साएर र हलहुल सहरहरूको प्रवेशद्वारहरूमा सैन्य चौकीहरू स्थापना गरी तिनीहरूले सवारी साधनहरू रोकेर तिनीहरूको खोजी गरी यात्रुहरूको परिचयपत्रहरू निरीक्षण गरेर नियनत्रणमा लिएको जनाइएको छ ।
बेथलेहेममा सेनाले अल–रसायदा गाउँ र जातारा सहरमा छापा मारेर तीन प्यालेस्टिनीलाई पक्राउ गरेको जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्