मेक्सिकोमा मेयरको हत्यापछि सुरु भएको जेनजी प्रदर्शन देशभर फैलियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाण्डौँ । मेक्सिकोमा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या भएपछि मेक्सिकोमा सुरु भएको जेनजी शैलीको प्रदर्शन देशभर फैलिएको छ ।

नोभेम्बरको सुरुमा अपराध विरोधी छवि बनाएका मेयरको सार्वजनिक रूपमा भएको हत्यापछि बढ्दो हिंसाको निन्दा गर्दै हजारौं मानिसहरू प्रदर्शनमा उत्रिएका हुन् ।

शनिबार मेक्सिकोभर ‘जेन-जी’ को ब्यानरमा प्रदर्शन भएको छ । समाचार संस्था रोयटर्सका अनुसार, मेक्सिको सिटीमा मुख ढाकेका प्रदर्शनकारीहरूको एउटा सानो समूहले राष्ट्रपति क्लाउडिया शेनबाम बस्ने नेशनल प्यालेस वरिपरिका बारहरू भत्काए । यसक्रममा भिड नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गर्ने दङ्गा नियन्त्रण गर्ने प्रहरीसँग प्रदर्शनकारीहरूको झडप पनि भएको छ।

मेक्सिको सिटीका सार्वजनिक सुरक्षा सचिव पाब्लो भाज्क्वेजले एक प्रेस सम्मेलनमा १०० प्रहरी अधिकारी घाइते भएका जानकारी दिएका छन् । उनका अनुसार, घाइतेमध्ये ४० जनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

मेक्सिकोका विभिन्न शहरहरूमा पनि प्रदर्शनहरू पनि भएका छन् । पश्चिमी राज्य मिचोआकानमा नोभेम्बर १ मा सार्वजनिक ‘डे अफ द डेड’ कार्यक्रममा गोली हानी हत्या गरिएका उरुआपानका मेयर कार्लोस मान्जोको हत्यालाई लिएर आक्रोश फैलिएको छ।

मेक्सिको सिटीका केही प्रदर्शनकारीहरूले शेनबामको पार्टीलाई निशाना बनाएका छन् । शेनबामको सरकारले शनिबारको देशव्यापी प्रदर्शन पछाडिको मनसायमाथि प्रश्न उठाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *