देशभर प्रदर्शन चर्किएपछि बैंकहरु बन्द, सुरक्षा खतरामा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

काठमाडौं । देशभरि जेनजीको विरोध प्रदर्शन तीव्र बन्दै जाँदा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन्। काठमाडौं उपत्यकामा प्रशासनले चक्रपथभित्र निषेधाज्ञा जारी गरेपछि नेपाल बैंकर्स संघले मंगलवार बैंक शाखा नखोल्ने निर्णय गरेको छ।

संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार, निषेधाज्ञा जारी क्षेत्रमा बैंक नखोलिने र कर्मचारीहरु अन्यत्रबाट आउन नसक्ने भएकाले शाखा सञ्चालन असम्भव छ। यस निर्णय नेपाल राष्ट्र बैंकसँग समन्वयमा लिइएको हो।

प्रदर्शनका कारण बैंक र वित्तीय संस्थामा तोडफोड तथा आगजनीको जोखिम बढेको र सुरक्षाको दृष्टिले पनि सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।

सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको छ भने सयौं युवा घाइते भएका छन्। मंगलबार पनि देशका विभिन्न स्थानमा कर्फ्यु र निषेधाज्ञा जारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *