|
२०८२ कार्तिक २
काठमाडौँ – इजरायलले हमासको आक्रमणमा बन्धक बनाई हत्या गरिएका नेपाली युवा विपिन जोशीलाई औपचारिक रूपमा सम्मान गर्दै उनको पार्थिव शरीर नेपाल पठाएको छ। आइतबार बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा जोशीलाई श्रद्धाञ्जली अर्पण गरिएको हो।
विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत २०८० सालमा इजरायल गएका थिए। गत महिनाको हमास आक्रमणमा उनी अन्य नेपालीहरूसँगै बन्धकमा परेका थिए। दुर्भाग्यवश, बन्धक अवस्थामै उनको हत्या गरिएको थियो।
उनको रिहाइका लागि नेपाल सरकार र परिवारले निरन्तर पहल गरे तापनि सफल हुन सकेन। आज उनको पार्थिव शरीर स्वदेश फर्काइँदै छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्