तपाईंको आजको राशिफल : आज मिति २०८२ साल आश्विन ९ गते बिहीबार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कामलाई लिएर चलिरहेको मनमुटाव सुल्झिनेछ। ठेकापट्टा सम्बन्धी कामबाट लाभ प्राप्त होला। व्यक्तिगत वा पेशागत जीवनमा सन्तुलन बनाउने प्रयास गर्नुहोस्। रुचि अनुरुप कार्यमा मन लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरपरिवारमा पैतृक सम्पत्तिलाई लिएर चलिरहेको वादविवाद सुल्झिनेछ। आफन्तहरूको व्यवहारले मन हतोत्साहित हुनेछ। कार्यक्षेत्रमा अरुको सुझावलाई पनि सुन्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अतिआत्मविश्वासमा आएर जोखिम नलिनुहोला। कार्यक्षेत्रमा अधिकारीहरूबाट सहयोग मिल्ला। पारिवारिक मामलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा एउटा कार्य समाप्त गरेर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा लगनशीलताको उपयुक्त ईनाम मिल्नेछ। व्यक्तिगत मामलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक योजनाहरूको रूपरेखा बन्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरू हजुरको व्यवहारले अप्रसन्न रहनेछन्। मिठो बोलीवचनको प्रयोग गरौं। आयस्रोत बढ्नेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ। ‎

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक पक्ष कमजोर हुनाले ठूलो योजनाहरू प्रारम्भ गर्नमा बाधा आउनेछ। लामो समयदेखि रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। जीवनसाथीको साथमा सुमधुर समय व्यतीत हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा सोचे अनुरुप सबै कुरा बन्दै जानेछ। आफन्तहरुसंग भेटघाले मन आनन्दित रहनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हाथमा लिएको कामलाई सम्पादन गर्ने प्रयास गर्नुहोला। घरपरिवारमा मांगलिक वा धार्मिक क्रियाकलापहरूमा सम्मिलित हुदा प्रशन्नता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कलात्मक कार्यहरूमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा हतारमा लिएको निर्णयबाट हानि हुनेछ। नोकरी वा पेशामा नयाँ दायित्वको निर्वहन गर्नुपर्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरूको साथ सहयोगले मनमा आत्मविश्वास बढ्नेछ। यात्रा लाभदायी रहनेछ। विश्वासपात्र मित्रहरूबाट दुःख मिल्न सक्ला। व्यापारमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा अधिकारी वर्गहरू हजुरको कार्यशैलीबाट प्रसन्न रहनेछन्। निर्धारित कार्यक्रम समयमा प्रारम्भ हुनमा बाधा आउनेछ। कानुनी समस्याहरू सुल्झिनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) हातमा लिएको कार्यलाई इमान्दारीताको साथमा सम्पादन गर्नुहोला। व्यापार व्यवसायमा नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको परिणाम मिल्न सक्छ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *