काठमाण्डौँ । महिलाको पाठेघरको क्यान्सर विरुद्ध दिइने एचपिभि खोप धादिङमा दोश्रो वर्ष २ हजार ७ सय ३३ जनालाई लगाइने भएको छ ।
जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकमा एचपिभि खोप सम्बन्धी विषयमा जानकारी दिँदै जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख तथा जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्यसचिव अर्जुन पौडेलले जिल्लाका २ हजार ७ सय ३३ जनालाई खोप दिइने जानकारी दिए । नेपालभर एचपिभि खोप अभियान धादिङ जिल्लामा ०८२ माघ २७ देखि २९ गतेसम्म संचालन हुने छ ।
विद्यालयका अध्यायनरत कक्षा ६ का किशोरीहरु र विद्यालय बाहिर भएका १० वर्ष पुरा भएका ११ वर्षमुनिकालाई खोप लगाइने छ । धादिङ जिल्लामा यस अभियानका लागि तयारी भइरहेको उल्लेख गर्दै कार्यालय प्रमुख पौडेलले खोप सामाग्री जिल्लामा आएको र वितरण सुरु भएको छ । २ सय ५६ खोप केन्द्रबाट १ सय ९८ स्वास्थ्यकर्मी र ४ सय २६ स्वयंसेवक मार्फत खोप दिइने छ । विद्यालय बाहिर रहेकाहरु समेत नछुटुन भनेर खोजि र पहिचान समेत गर्दै पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप लगाइने योजना रहेको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर पदमराज कैनीले बताए ।
अभियानको समयमा खोप लगाउन कुनै कारणबस छुटेमा फागुनमा संचालन हुने नियमित खोप कार्यक्रममा किशोरीहरुलाई खोप दिइने छ । सोही अबसरमा नसर्ने रोगको रोकथाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय समन्वय समिति बैठक बसी नसर्ने रोगबारे जानकारी गराइएको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्