|
२०७८ जेष्ठ ३१
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको स्थगित खोप कार्यक्रम आज देखि पुनः सञ्चालन गर्न लागिएको छ।
आज र भोलि ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाइनेछ ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइने जनाइएको छ ।
बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म परिचय खुल्ने कागजपत्र लिएर खोप लगाउन सकिन्छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्