७ जेठ, सोलुखुम्बु । प्रदेश नं १ को जिल्ला सोलुखुम्बुमा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । अर्थ मन्त्रालयले ७५ लाख बजेट विनियोजनको स्विकृती दिए पश्चात संक्रमितका उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजनको सहज आपुर्तीको लागि अक्सिजन प्लान्ट निर्माण गरिने भएको हो।
प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले अर्थमन्त्री विष्णु पौडेललाई भेटि अक्सिजन प्लान्ट स्थापना र सुविधा सम्पन्न आईसोलेसन निर्माणको लागि बजेटको व्यवस्था गर्न ध्यानाकर्षण गराए पश्चात त्यसका लागि बजेटको व्यवस्थापन भएको सांसद राईको सचिवालयले जानकारी दिएको छ ।


सचिवालयले दिएको सूचना अनुसार प्लान्ट स्थापनाको काम जिल्ला अस्पताल फाप्लुबाट हुनेछ भने दैनिक २० देखि ३० वटा सिलिण्डर रिफिल हुने छन् । यसपछि अक्सिजन रिफिल गर्नकै लागि ओखलढुंगा, विराटनगर लगायतका शहरमा धाउनुपर्ने जस्ता कठिनाइ सदाका लागि हट्नेछ ।
अर्थ मन्त्रालयद्वारा एकैपटक १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडान र हाई डिपेन्डेन्सी यूनिट (एचडियू) जडानका लागि प्रक्रिया अघि बढाउन १७ करोड ८७ लाख ७० हजार बजेट स्विकृत गरिएको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्