काठमाडौंमा निषेधाज्ञा सहित कोरोनाविरुद्धको खोप लगाउने कार्यमा पनि रोक

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १६

काठमाडौं । कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरिएको छ ।

स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य आजबाट स्थगित गर्ने निर्णय गरेको हो ।खोप लगाउने कार्य स्थगित गर्नुपर्नाको कारण भने खुलाइएको छैन । यद्यपि यो खोप लगाउने स्थानमा भएको अव्यवस्थित भीडभाडले संक्रमणको जोखिम बढाएको थियो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभए अनुसार वैशाख १६ गते पनि खोप लगाउने कार्य काठमाडौंमा निरन्तर संचालन गर्ने भनिए तापनि अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको हो।

भेरोसेल खोपको आठ लाख डोज नेपाल सरकारलाई चीनले अनुदानमा प्रदान गराको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन शुरु गरिएको थियो ।नेपालमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप पनि प्रयोग हुँदै आएको छ । कोभिसिल्ड खोपको १० लाख डोज भारतले अनुदानमा दिएपछि गत माघ १४ गतेबाट खोप अभियान शुरु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *