|
२०८२ भाद्र २३
काठमाडौं । आइतबार देशभर भएका प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार, प्रहरीले दिएको जानकारीका आधारमा हालसम्म १९ जनाको ज्यान गएको पुष्टि भएको हो।
प्रवक्ता काफ्लेले नेपाल प्रेससँग कुरा गर्दै भने, “मन्त्रालयलाई प्रहरीद्वारा प्राप्त विवरण अनुसार अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, हाल देशभरका १३ वटा अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनाको पूर्ण विवरण आउन बाँकी रहे पनि सुरक्षा निकाय, स्वास्थ्य संस्था र सम्बन्धित निकायहरू घाइतेहरूको उपचारमा खटिरहेका छन्।
प्रदर्शन कसरी र किन चर्कियो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।



दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्