जेनजीको प्रर्दशनमा मृतकको संख्या १४ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २३

काठमाण्डौँ । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

त्यस्तै, घाइते हुनेमा ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् ।

केही घाइतेहरूलाई पाटन अस्पताल पनि पुर्‍याइएको छ । पाटन अस्पतालमा भएका घाइतेहरूको विवरण मन्त्रालयले संकलन गर्दैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *