×

एलओडी क्लबको वार्षिकोत्सव, चर्चित कलाकारहरुको प्रस्तुती,को-को आउँदैछन् ?

माघ २५, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । ठमेलस्थित एलओडी क्लबले छैठौँ वार्षिकोत्सव ६ दिन मनाउने भएको छ। स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो ।

क्लबका अनुसार माघ २६, २८ गते फागुन १, २, ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । पहिलो दिन अर्थात् माघ २६ गते पूर्णराई एण्ड दाजुभाई, श्रीगो एण्ड द गेन र लिसियस प्रस्तुती दिनेछन् ।

यस्तै, २८ गते कुमासागर एण्ड द ख्वोपको पस्तुती रहेको छ । साथै फागुनको १, २, ८ र ९ गते क्रमशः समिर श्रेष्ठ (एफटी गुड ब्वाईज) , दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुती दिने भएका छन्

एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: