स्मीता दाहालको हिन्दी गीत ‘इबादत बन गए हो’ मा अर्जुन बिजलानी (भिडियोसहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १९

काठमाडौं । गायिका स्मीता दाहालले हिन्दी गीतमा डेब्यू गरेकी छन्। ‘इबादत बन गए हो’ बोलको गीतमा उनले शबाब सबरीसँग स्वर भरेकी छन्। यो गीतको संगी शबाबको रहेको छ भने गीतको शब्द केआर वाहीले लेखेका छन्।

प्रेमिल गीतको यो भिडियोमा स्मीता आफैले अभिनय गरेकी छन्। उनीसँग भारतीय टेलिचलचित्र क्षेत्रका स्टार कलाकार अर्जुन बिजलानी देखिएका छन्। यो भिडियोलाई राजिव एस रुइयाले निर्देशन गरेका हुन्।

स्मीता दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्। साँगीतिक क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी उनले गाएका गीतहरु चर्चित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *