|
२०७८ श्रावण १९
काठमाडौँ । क्रिकेटर पारस खड्काको सन्यासको खबर चर्चामा छ । उहाँले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय गर्नुभएको हो।
उहाँको यो निर्णयसँगै वरिष्ठ कलाकार हरिवंश आचार्य केही दुखी हुनुभएको छ । उहाँले सामाजिक संजाल फेसबुकमा पारससहितको आफ्नो तस्बिर सार्वजनिक गर्दै क्रिकेटमा पारसले दिएको योगदान सबैले सम्झिने बताउनुभएको छ । त्यस्तै आउने दिनमा नेपाली क्रिकेटको स्थिति सुधार्न पारसको महत्त्वपूर्ण योगदान रहने पनि उहाँले उल्लेख गर्नुभएको छ ।
यस्तो छ उहाँको पोस्टः पारस खड्का भाइले संन्यासको घोषणा गर्नुभएको छ । तपाईँले नेपाली क्रिकेटलाई दिनुभएको योगदान देशले सधैँ सम्झिनेछ र आउने दिनहरूमा पनि तपाईँको भूमिकामा नेपाली क्रिकेटका लागि आवश्यक रहनेछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्