×

शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशन

माघ १३, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको ताप्लेजुङ, इलाम र पाँचथर जिल्लाका  शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको  छ ।

शिक्षक पदको गत असार २२ गते (सामान्य) र भदौ २९ गतेको (विषयगत) परीक्षामा सहभागी भएकाहरूको नतिजा प्रकाशित गरिएको आयोगले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।

आयोगले सफल उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाएको र विस्तृत विवरण आफ्नो वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: