प्रभु इन्स्योरेन्सको नाफा १२% ले वृद्धि, प्रथम त्रैमासमा खुद बीमाशुल्क १२ करोड ७ लाख

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीका अधिकांश वित्तीय सूचकहरू सकारात्मक देखिएका छन्।

१ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिजर्भमा १ अर्ब २४ करोड रुपैयाँ, महाविपत्ती कोषमा १० करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड ५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीले २९ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २६ करोड ७० लाख रुपैयाँभन्दा ११ प्रतिशतले बढी हो। त्यस्तै, कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले वृद्धि हो।

हाल भने कम्पनी ६ करोड ३१ लाख रुपैयाँ घाटामा रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो। नाफाको आधारमा हेर्दा कम्पनीको नाफा १२ प्रतिशतले बढेको उल्लेख गरिएको छ।

यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १४ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २७ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *