काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र सभा प्रयोजनार्थ कम्पनीले भोलि वैशाख २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख २२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा आउँदो जेठ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१.८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको २ अर्ब १५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन् ।
सोही सभाले सातौँ वार्षिक साधारणसभाबाट पारित चुक्तापुँजीको १७ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने निर्णय पुनरावलोकन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्