आइतबार दोहोरो अंकले घटेर बन्द भयो नेप्से

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २०

काठमाण्डौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाखको सेयर कारोबार भएको छ । आज ७९ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एसवाई प्यानलको सर्वाधिक ३० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा श्रीनगर एग्रीटेकको २२ करोड ८७ लाख रुपैयाँ र तेस्रोमा बन्दीपुर केवलबारको २२ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *