प्रि ओपन सेसनमा नेप्से करिब २ अंकले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ८

काठमाण्डौँ । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसुचक १.८८ अंकले घटेर २५७९.३३ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले घटेर ४४५.८१ विन्दुमा पुगेको हो । आजको उक्त सेसनमा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य बढेको छ ।

आजको उक्त सेसनमा ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ४४ कम्पनीका ७ हजार ८३५ कित्ता सेयर ५६९ पटक खरिद बिक्री हुँदा ५४ लाख ९० हजार ६८९ रुपैयाको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *