पछिल्लो २४ घन्टामा थपिए १० हजार २५८ जना संक्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ४

काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) बाट थप १० हजार २५८ जना संक्रमित देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका २२ हजार ८२८ नमूनामध्ये सो संख्यामा संक्रमण देखिएको हो। यस्तै कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार थप ५६२ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख १३ हजार १४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *