
काठमाण्डौँ । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज एकैदिन एक हजार चार सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको भाउ तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज तीन दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको एक हजार ९ नौ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । सोमबार चाँदीको भाउ तोलाको एक हजार ९ सय १५ रुपैयाँ थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया