राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड : कतिले पाए शेयर ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १२

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) आज फागुन १२ गते, बिहीबार बाँडफाँड भयो ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओको बाँडफाँड आज दिउँसो ३ बजेपछि क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । 

यस कम्पनीको आइपीओमा २६ लाख ३४ हजार ६ सय २६ जनाले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएकोमा २५ लाख भन्दा बढी लगानीकर्ताहरुको हात खाली रहेको छ । यसर्थ माग गरेको भन्दा ३८ दशमलव ४२ गुणा बढी आवेदन पर्न आएपछि यस्तो स्थिति देखिन गएको हो  । 

यसका साथै धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा मार्फत योग्य आवेदक मध्ये ७९ हजार ४ सय ५० जनाले मात्रै न्यूनतम १० कित्ताको दरले शेयर पाउनेछन् ।  बाँकी २५ लाख ५५ हजार १ सय ७६ जनाको भने हात खाली हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *