झण्डै ३७ लाख कित्ता आईपीओ लिएर आउँदैछन् यी २ कम्पनी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २८

अहिले आईपीओ निष्कासन बारे धेरैकाे चाँसाे हुन थालेकाे छ । यसैगरी लगानीकर्ताकाे आकर्षणसँगै आईपीओ निष्कासन हुने क्रम पनि धमाधम चलिरहेकाे छ । एकपछि अर्काे आईपीओ निष्कासन भईरहेकाे छ ।

नेपाल धितोपत्र बोर्डमा २ कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन्। धितोपत्र बोर्डमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका हुन्।

यी दुवैले गत साउन १३ गते आवेदन पेस गरेका छन्। उपकार लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँ र रिभर फल्सले ३४ करोड ३० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेका छन्।

धितोपत्र बोर्डले अनुमति दिएमा उपकार लघुवित्तले १०० अंकित दरका कुल २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नेछ। धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यसैगरी बोर्डको अनुमति पाएमा रिभर फल्सले आयोजना प्रभावित र सर्वसाधारणका लागि १०० अंकित दरका कुल ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। यसअघि सानिमा लाईफ इन्स्योरेन्सको आईपिओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको छ ।

यो कम्पनीको आईपिओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गर्दै सर्वाधिक आवेदन पर्ने आईपिओ बनेको हो । आवेदन दिने अन्तिम दिन आईतबार साँझ ५ बजेसम्म यो आईपीओमा २४ लाख १९ हजार १२७ जनाको आवेदन परेको जनाइएको छ ।

जुन हालसम्मकै उच्च हो यसअघि युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा सार्वधिक आवेदन परेको थियो यो आईपीओमा २१ लाख ५० हजार भन्दा बढिको आवेदन परेको थियो।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईतबार साँझ ५ बजेसम्म २४ लाख १९ हजार १२७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो।

पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताहरु थपिएका छन् । उनीहरुलाई बजारमा कुन सेयरमा लगानी गर्ने, आफूसँग भएका कुनकुन सेयर विक्री गरेर निस्कने भन्ने कुराको निर्णय लिन निकै गाह्रो पर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *