नेप्से परिसूचक ३० अंकले घट्यो : आठ अर्बमाथिको कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २८

काठमाडौं : सेयर कारोबारको चौथो दिन आठ अर्बमाथिको सेयर कारोबार भएको छ। यसदिन २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँमा कारोबार भयो।

नेप्से परिसूचक भने ३० अंकले घटेर २८ सय ०३.६२ विन्दुमा अडेको छ। नेप्से घटेपनि यसदिन कारोबार रकम भने ८ अर्ब नाघेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स ७ अंक बढीले घटेको छ।

यसदिन नेप्से घटेपनि चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक,नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यसैगरी, हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी घट्दा युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर र राष्ट्रिय विमा कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यसदिन नेपाल बङ्गलादेश बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २८ करोड ६९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। त्यसैगरी, यसदिन एचआइडीसीएलको २७ करोड ६१ लाख, अपि पावरको २४ करोड ७० लाख र अपर तामाकोशीको २२ करोडमाथिको सेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १३ समूहमध्ये २ समूहको परिसूचक मात्रै बढेको छ। व्यापारको ०.६५ र उत्पादन समूहको ०.०९ प्रतिशतले परिसूचक बढेको हो। बाँकी ११ समूहको सूचक ओरालो लागेको छ।

यसदिन अन्य समूहको सेयर मू्ल्य सर्वाधिक घटेको छ। सो समूहको सूचक ३.४४ प्रतिशतले घटेको हो। यस्तै लगानीको ३.१३, वित्तको २.२४, विकास बैंकको २.३८, होटल तथा पर्यटनको २.३८ प्रतिशत, निर्जीव विमाको २.०४ प्रतिशतले सूचक घटेको छ। यस्तै जीवन विमा, लघुवित्त र बैंकिङको १ प्रतिशत बढीले सूचक घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *