नेप्से १० अंकले घट्यो : ७ अर्ब बढीको कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ४

काठमाडौं : सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ। कारोबारको दुई दिन आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से मंगलबार फेरि ओरालो लागेको हो। यसदिन नेप्से १०.७८ अंकले घटेर २९ सय ३६ दशमलव ६६ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स भने १.१० अंकले बढेको छ। नेप्‍से घटेपनि यसदिन कारोबार रकम भने बढेको छ। सोमबार १ करोड ४४ लाख ७४ हजार कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको थियो।

मंगलबार १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर ८ अर्ब ३४ करोड १९ हजार ५६१ रुपैयाँ बराबरमा कारोबार भयो। यसदिन कारोबारमा आएका १३ समूहमा ४ उपसमूहको मात्र सूचक सकारात्मक देखिएको । बाँकी ७ समूहको सूचक घटेको छ।

यस्तै यसदिन सामलिङ्ग पावरको सेयरमूल्य सबैभन्दा बढी ९.४९ प्रतिशतले बढ्दा मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको हो।

यसदिन मानुषी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावरको ४.४७ प्रतिशत, खानी खोला हाइड्रोपावरको ४.४० प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ।

मंगलबार अपि पावरको सबैभन्दा धेरै २८ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *