एम्बुलेन्सले ठक्कर दिँदा एक वृद्धाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन २२

सुनसरी : एम्बुलेन्सले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ। बाटो काट्दै गरेकी सुनसरी दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगवती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार गम्भीर घाइते भएकी उनको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *